कोरोना कहर : राजापुरमा भत्ता वितरणमा भद्रगोल

ऋषि वाग्ले, राजापुर: बर्दियामा कोरोना संक्रमणको जोखिम उत्कर्षमा पुगेकोबेला राजापुरका बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक दुरी कायम नगरी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको पाईएको छ । पछिल्लो समयमा राजापुरमा समुदायस्तरमा कोरोना फैलिरहेका बेला बैंक अफ काठमाण्डौ, ज्योती विकास बैंक, कृषि विकास बैंक लगाएत विभिन्न बैंकहरुमा भिडभाडका साथ भत्ता वितरण भइरहेको हो ।
यसरी भत्ता वितरण गर्दा भत्ता लिन आउने लाभग्राहीका साथै बैकंमा सेवा लिन जाने सेवाग्राही र बैंक कर्मचारीहरुपनि जोखिममा परेका छन । भत्ता लिन आउने अधिकांस नागरिक जोखिम समुह अन्तगर्त पर्ने वृद्ध, वृद्धा, जेष्ठ नागरिकहरु भएकोले संक्रमण फैलनसक्ने जोखिम झन बढेको हो । भत्ता वितरणमा भएको भिडभाडले संक्रमणको जोखिम बढेकोले अब आउने समयमा स्थानिय निकाय सगं सहकार्य गरेर व्यवस्थीत गरिने ज्योति बिकास बैंक राजापुर शाखाका प्रबन्धक जयन्द्र कुँवरले बताए । दशै तिहारको समयमा उहाँहरुलाई राहत होस भनेर भत्ता वितरण गर्न सुरु गरीएपनि धेरैजना एक्कैचोटी आएकोले भिडभाड भएको बताउँदै यसलाई व्यवस्थीत गर्नतर्फ आफुहरु लागि रहेको उनको भनाई छ ।


भत्ता वितरण प्रकृयामा भद्रगोल भएपछि राजापुर नगरपालिकाले त्यसलाई व्यवस्थीत गरिने जनाएको छ । कोरोना कहरलाई ध्यान दिँदै सहज तरिकाले स्वाथ्यका मापदण्ड पुरा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुधार गर्ने राजापुर नगरपालिकाका मेयर शिव प्रसाद चौधरीले बताए ।
बर्दियामा हाल सम्म कोरोना सक्रंमणका कारण ७ जनाको मृत्यु भइ सकेको छ यस्तो अवस्था पुन नदोहोरियोस भनेर स्थानिय सरकार र प्रशासनले भत्ता बितरण प्रणालीको बिकल्प खोज्नुपर्ने स्थानीयले माग गरेका छन ।