बर्दियामा २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु

गुलरिया : बर्दियामा पछिल्लो २४ घण्टामा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा, बाँसगढी र राजापुर नगरपालिकाका एक/एक जना रहेका छन ।
सोमवार दिउँसो १ः४५ बजे ठाकुरबाबा नगरपालिका–२ का २९ बर्षिय युवकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । रिपोर्ट नआउँदै मृत्यु भएका उनको सोमबार बेलुकी ६ बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यस्तै सोमवार राती सवा ८ बजे बाँसगढी नगरपालिका वडा नम्वर ८ का ३५ बर्षीय पुरुषको उपचारका क्रममा वेष्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको होे । खुट्टाको जोर्नीमा समस्या भएपछि आइतवार अस्पताल भर्ना भएका उनमा सोमबार बेलुकी ५ बजे पोजेटिभ भएको रिपोर्ट आएको थियो ।
त्यसैगरी भर्खरै मात्र प्राप्त समाचार अनुसार बर्दियाको राजापुर नगरपालिका वडा नम्वर ८ का ३२ बर्षिय पुरुषको कोरोनाका कारण आज बिहान ११ बजे मृत्यु भएको छ । उनी स्वास्थ्यकर्मी भएको वडा नम्वर ८ का वडाअध्यक्ष चिन्तामणी आचार्यले बताए । यो संगै बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।