कोरोनाबाट कोहलपुरकी ३२ वर्षीया महिलाको मृत्यु

नेपालगन्ज :  कोरोनाबाट बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बुधबार मध्यराति १२ः१५ मा निधन भएको हो । स्वासप्रश्वास सम्बन्धी समस्या रहेको उनको कोरोना पुष्टि भएको दोस्रो दिन नै उनको मृत्यु भएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *