कोरोनाबाट कोहलपुरमा ८औं व्यक्तिको निधन

नेपालगन्ज : कोरोना भाइरस (कोभिड–१९) बाट बाँकेको कोहलपुरमा ८औं व्यक्तिको निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका–११ की ६८ वर्षीया महिलाको शनिबार दिउँसो ३ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि कोहलपुरमा ४ महिला र ३ पुरुष गरी ७ जनाको कोरोनाबाट निधन भइसकेको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।