कोरोनाबाट दाङका पुरुषको नेपालगन्जमा मृत्यु

नेपालगन्ज : दाङका कोरोना संक्रमितको बिहीबार नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार राप्ती गाउँपालिका–४ का ४२ वर्षका पुरुषको बिहीबार बिहान ७ः४८ बजे भेरी अस्पताल नेपालगन्जमा निधन भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ मंसिरमा कोरोना परीक्षण गरिएका उनलाई ३ मंसिरमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट बाहिरी जिल्लाबाट उपचार गर्न आएका ५० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *