लुम्बिनी प्रदेशबाट १७२ किलो अफिमसहित ५१ पक्राउ

नेपालगन्ज : लुम्बिनी प्रदेशमा ४ वर्षको अवधिमा प्रहरीले एक सय ७२ किलो अफिम बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुुसार ०७४ सालदेखि चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम पूर्व र कपिलवस्तु जिल्लाबाट ५१ जना कारोबारी पक्राउ गरी एक सय ७२ किलो १२१ ग्राम अफिम बरामद गरिएको हो । यो अवधिमा सबैभन्दा बढी अफिम बाँकेमा ५८ किलो र सबैभन्दा कम कपिलवस्तु जिल्लामा साढे १० किलो मात्र बरामद गरिएको थियो (विस्तृत पढ्नुस् तालिकामा) । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले अफिम कारोबार गर्नेलाई कम्तीमा ५ वर्षदेखि जन्मकैद र पाँच हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।