सत्तीघाट पुलमा यथासिघ्र स्पान थप गरिने : मन्त्री नेम्बाङ

शक्ति परियार, राजापुर

बर्दियाको राजापुरस्थित सत्तीघाट पुलमा यथासिघ्र स्पान थप गरि कटानको जोखिमवाट जोगाईने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले बताएका छन । हुलाकी राजमार्गमा पर्ने बर्दिया र कैलाली जोड्ने सत्तीघाट पूलको निरिक्षणका क्रममा मन्त्री नेम्बाङले पुल नदी कटानको जोखिममा रहेकोले संरक्षणका लागि चाडै प्रकृया थाल्ने बताए । ‘सत्तीघाट पुल नदी कटानको चपेटामा रहेको छ’ उनले भने ‘पुलमा स्पान थप गर्नका लागी यथासिघ्र काम अगाडी बढाउने छ ।’
कैलालीको चिसापानीमा पानी जहाजको उद्घाटन गर्न आएका मन्त्री नेम्बाङले नदी कटानका कारण जोखिममा रहेको पुलको निरिक्षण गरेका हुन । उनले मन्त्रालय वाट यस अघि सत्तीघाट पुलको अनुगमनकालागी टोली पठाइसकिएको जानकारी दिदै अव छिट्टै स्पान निमाणर्को काम अघि बढ्नेमा ढुक्क हुँन यहाँका बासिन्दालाई बिश्वास दिलाए । मन्त्री नेम्बाङका साथ उद्योग बाणिज्य तथा आपुर्ति मंत्री लेखराज भट्ट लगायत सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरु सहभागी थिए ।