नरैनापुरमै बन्यो ५ शैयाको कोभिड अस्थायी अस्पताल

नेपालगन्ज : नरैनापुर गाउँपालिकामा ५ शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
नरैनापुर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल सञ्चालनमा आएको हो । प्रदेश सांसद कृष्णा केसी नमूना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार अस्पतालको उद्घाटन गरेका हुन् । सांसद नमूनाले जिल्लामा सुरुको अवस्थामा कोरोना हटस्पट बनेको नरैनापुरमा पछिल्लो समय एकाध बाहेक संक्रमित नभेटिनु सुखद् भए पनि तयारी अवस्थामा रहन जरुरी रहेको बताइन् । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीका अनुसारनरैनापुरमा १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको छ । १ सय २३ जना निको भएर डिष्चार्ज भइसकेको र एक जना संक्रमितको अहिले आइसोलेसनमा उपचार भइरहेको छ ।