बर्दियामा सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

गुलरिया: बर्दियामा सवारी दुर्घटना हुँदा विहिबार दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका ४ बेलुवा चोकमा कार र टिपर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । गुलरियाबाट कञ्चनपुर जादै गरेको बा १६ च २४५३ नम्बरको कार र ढोढरीबाट गुलरियातर्फ आइरहेको ना ८ ख ३१४ नम्बरको टिपर एक आपसमा ठोक्कीदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गुलरिया नपा—४ का २३ वर्षीय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका कन्चनपुरकी १८ वर्षीय निधि सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दुर्घटनामा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, भिमदत्त नगरपालिका कञ्चनपुरका कमला सुनार र कृतिका सुनार घाईते भएको प्रहरीले जनाएको छ । टिपर चालक कोहलपुर—६ रझेनाका रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।