पछिल्लो २४ घण्टामा बाँँकेमा ६ जनाको मृत्यु

खम्वप्रसाद पुन : बाँकेमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा दाङका तीन, सुर्खेत, बाँके र बर्दियाका एक/एक जना रहेका छन ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशवाबु श्रेष्ठका अनुसार विहिबार विहान २ बजे कोहलपुर २ बाँकेका ७४ बर्षिय पुरुषको मृत्यु भएको हो भने विहान ७ः२० मा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ५ का ६० बर्षिय संक्रमित महिलाको मृत्यु भएको थियो । त्यस्तै विहिबार विहान १०ः५६ मा सुर्खेत भेरीगंगा ९ का ७० बर्षिय पुरुषको र गएराती ९ बजेदेखि १२ बजेको अन्तरालमा दाङका तीनजना पुरुषको मृत्यु भएको हो । मृत्यु हुने तीनैजना दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५, ११ र १६ का हुन । यो संगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने ५७ जना बाहिरी जिल्लावाट उपचारका लागि आएका व्यक्तिहरुको समेत बाँकेका विभिन्न अस्पतालहरुमा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *