बर्दियाका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

मुरली गोडिया, गुलरिया :

बर्दियामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्वर ७ का ७२ बर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान सवा २ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार उनमा कोरोनाको लक्षण देखिएपछि मंसिर ९ गते नमूना परिक्षण गर्दा १० गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । स्वास्थ्यमा समस्या आएपछि मंसिर ११ गते अस्पतालमा भर्ना भएका उनलाई रोगको प्रकृतिअनुसार, प्लाज्मा थेरापी, रेमडिसिभिरलगायतबाट उपचार गर्दा समेत सुधार नभएपछि शनिवार विहान सवा दुई बजे मृत्यु भएको हो । यो संगै बर्दियामा १४ जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।