चार दिने बाल पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज : बाँकेमा किशोरीहरुलाई चार दिने बाल पत्रकारिता तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा गठित चार वटा किशोरी क्लबका पदाधिकारी र सदस्यहरुलाई तालिम दिइएको हो ।
तालिममा पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । तालिममा अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनाल, हाम्रो संरचना डटकमका सम्पादक गोपी बुढा र रेडियो सद्भावका स्टेशन म्यानेजर नविन गिरीले तालिममा सहजीकरण गरेका हुन् । तालिममा नेपालगन्जका १, ६, ७, १०, २२ र २१ का ३६ जना किशोरीको सहभागिता रहेको थियो ।