बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

शक्ति परियार । राजापुर
बर्दियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भे ९ प ३५९४ नम्बरको मोटर साइकल चालक राजापुर नगरपालिका ६ उदैपुरका २५ वर्षका दीपेन्द्र थारु रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले जानकारी दिए । दुर्घटनामा परी राजापुर ६ जोगीपुरका सीताराम थारु घाईते भएका छ्न् । उनको नेपालगन्जमा उपचार भइरहेको छ । कल्भटमा ठोक्एिर मोटर साइकल दुर्घटना भएको हो ।