जनअपेक्षा विपरितका गतिविधिका कारण संसद विघटन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाटै जनअपेक्षा विपरितका गतिविधि भएपछि संसद विघटन गर्नु परेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनादेश विपरितका राजनीतिक दबाबका कारण संसद विघटन गरेको बताएका हुन् । उनको दाबी थियो, ‘‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो ।’ ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *