किशोरीलाई प्रविधिको सुरक्षित प्रयोग र साइबर कानुनबारे तालिम

कोहलपुर : कोहलपुरका किशोरीहरुलाई प्रविधिको सुरक्षित प्रयोग र साइबर कानुनबारे तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेले आयोजना गरेको २ दिने तालिम बुधबार सम्पन्न भएको हो । प्रशिक्षक तिलक गाहा मगरका अनुसार तालिममा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट हुने फाइदा, इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षा, साइबर अपराध, गुनासो, उजुरी तथा जाहेरी गर्ने स्थान र साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको थियो । त्यसैगरी वेभसाइट, इमेल आइडी निर्माण, जीमेल आइडी निर्माण, जीमेलमा उत्तर कसरी दिने, इमेलका सामग्री कसरी डाउनलोड गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । त्यसैगरी फेसबुक आइडी, फेसबुक पेज, फेसबुकमा प्राइभेसी सेटिंग, जुम, युट्यु च्यानलमा भिडियो अपलोड, ब्लग र अनलाइन मिडियामा समाचार पोस्ट गर्नेलगायतका विषयमा प्रशिक्षण दिएएको थियो । स्याक नेपालको कोहलपुर फिल्ड सुपरभाइजर लसिना वलीका अनुुसार तालिमका कोहलपुर नगरपालिकाको किशोरी क्लबका पदाधिकारी र सदस्य गरी १२ जनाको सहभागिता रहेको छ ।