न्यायीक समितिलाई मनोसामाजिक परामर्श तालिम

मुरली गोडिया । गुलरिया

स्थानीय तहका न्यायीक समितिका सदस्यलाई मनोसामाजिक परामर्श तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा बाँके युनेस्को क्लब नेपालगन्जले सञ्चालन गरेको बाल संरक्षण परियोजनाले स्थानीय तहमा आएका विभिन्न हिंसाका सवालहरुमा वकालत तथा प्रभावितलाई न्यायको पहुँचसम्म पु¥याउने उद्देश्यले मनोसमाजिक परामर्श ५ दिने तालिम दिइएको युनेस्कोकी गुलरिया फिल्ड सुपरभाइजर सपना शर्माले जानकारी दिइन् । तालिमको सहजीकरण निर्जला भट्टराईले गरेकी थिइन् ।