मनकामना स्कुलको भवन उद्घाटन

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका-४ को मनकामना आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माण भएको छ ।
भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न भवनको शुक्रबार खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उद्घाटन गरे । विल्ड अन नेपालबाट २१ लाख ६ हजार रुपैयाँ बराबरको निर्माण सामाग्री, खजुरा गाउँपालिकाबाट ५ लाख, खजुरा गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार, विद्यालयको आन्तरिक स्रोतबाट ९९ हजार ६२६ रुपैयाँ र जनश्रमदान गरी उक्त भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *