बाँके हुलाक कार्यालय प्रमुख पाण्डे इन्ट्रीग्रिटी आइकनको टप–१५ मा छनोट

जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे

नेपालगन्ज : जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे इन्ट्रीग्रिटी आइकन २०२० को टप–१५ मा छनोट भएका छन् ।
एकाउन्बीलिटी ल्याबमा देशभरबाट प्रतिस्पर्धा गरेका एक हजार पाँच सय दुई कर्मचारीबीचको प्रतिपर्धामा हुलाक अधिकृत पाण्डे उत्कृष्ट १५ राष्ट्र सेवकका रुपमा छनोट भएका हुुन् । हुलाक अधिकृत पाण्डेले विगतमा वाणिज्य कार्यालय नेपालगन्जमा कार्यालय प्रमुख पदमा रहँदा गरेको बजार अनुगमन तथा बस्तु र सेवाको गुणस्तरमा ल्याएको सुधारका साथै उपभोक्ता जनचेतनाका कामलाई छनोटको एउटा आधार मानिएको छ । त्यस्तै, कोहलपुर नगरपालिकामा कार्यकारी अधिकृतमा काम गर्दा गरेको हरित कोहलपुर अभियान, सडक विस्तार, युवाहरुको क्षमता विकास, चन्द्रगिरी नगरपालिका काठमाडौ, छायाँनाथ रारा नगरपालिका मुगु, तिलागुफा नगरपालिका कालिकोटमा प्रमुख प्रशासकीय अधिकृत पदमा रहँदा जनप्रतिनिधिसँगको समन्वय, स्थानीय तहका ऐन, नियम, कार्यविधि तथा मापदण्ड निर्माण, विकास निर्माण तथा सुशासन प्रबद्र्धनमा खेलेको भूमिकालाई पनि छनोटको अर्को आधार बनाइएको छ ।
जिल्ला हुलाक कार्यालय बाँकेमा कार्यालय प्रमुख, हुलाक अधिकृत पदमा काम गर्दा जिल्ला हुलाकका साथै ११ वटा इलाका र ३५ वटा अतिरिक्त हुला क कार्यालयको पूर्वाधार सुधार, जनशक्तिको क्षमता विकास तथा कोभिड १९ का बीच सेवा प्रवाहमा देखाएको सक्रियताको मूल्यांकन गरी इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकका रुपमा उत्कृष्ठ १५ भित्र छनोट गरेको छ । छनोटपछि पाण्डेले मेरोखुसी डटकमसँग टेलिफान सम्पर्कमा भने, ‘राष्ट्र सेवकमा आफु छनोट हँुंदा आफुलाई इमान्दरिता तथा कर्तब्यनिष्ठतापूर्वक राष्ट सेवामा समर्पित हुन थप हौसला र प्रेरणा मिलेको छ ।