आगो ताप्न ७५ वर्ष पुगेका ११२ बृद्धबृद्धालाई २ क्वीन्टल दाउरा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ७ को सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहले शितलहर बढेसँगै बृद्धबृद्धाहरुलाई दाउरा बितरण गरेको छ ।

सामुदायिक वनले ७५ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई आगो ताप्नका लागि भन्दै प्रति ब्यक्ति २ क्विन्टल दाउरा निःशुल्क वितरण गरिएको सनमुदायिक वनका अध्यक्ष धनसिंह साउँदले बताए । शितलहर बढेपछि जनजीवन प्रभावित भएकाले सामुदायिक वनले सेवा क्षेत्रका एक सय १२ जना जेष्ठ नागरिकलाई राहत स्वरुप दाउरा वितरण गरेको वनका कोषाध्यक्ष मनिराम ढुङ्गानाले बताए । सामुदायिक वनले सेवा क्षेत्रका विभिन्न चोक चोकमा समेत दाउरा उपलब्ध गराउन लागेको समेत सनमुदायिक वनका कार्यालय सचिव मीनबहादुर ठकुल्लाले बताए ।