लुम्बिनी प्रदेश प्रहरीद्वारा बालविवाह र छुवाछुत विरुद्ध ३ महिने अभियान सुरु

नेपालगन्ज : लुम्बिनी प्रदेश प्रहरीले बालविवाह र छुवाछुतविरुद्ध अभियान सञ्चालन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि प्रदेश प्रहरीको ३ महिने अभियान, २०७७ सुरु गरिएको हो । २६ पुसदेखि सुरु भइ २६ चैत्रसम्म ३ महिना प्रदेशस्तरका १२ जिल्ला प्रहरी कार्यालय, ५३ इलाका प्रहरी कार्यालयमा कम्तीमा तीन सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुनेछन् । अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।