नेपालगन्जमा पृथ्वी जयन्तीका अवसरमा जन प्रर्दशन

नेपालगन्ज: २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालगन्जमा जन प्रदर्शन गरीएको छ ।

राप्रपा नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु परिषद, प्रजातान्त्रिक मुस्लीम संगठनलगायत विभिन्न संग संस्थाहरुले आयोजना गरेको कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको हो ।
¥यालीमा सहभागिहरुले राप्रपा नेपाल, ओमकार अंकित झण्डासहित नेपालको राष्ट्रिय झण्डा बोकेर राजा आउँ देश बचाउ, हिन्दु राष्ट्र घोषणा गर लगायतका नारा लगाएका थिए । नेपालगन्जको विपि चोकवाट सुरु भएको ¥याली त्रिभुवन चोक, घरवारी टोल हुँदै धम्बोजी चोकमा पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *