खाजाको पैसाले माघीमा लड्डु वितरण (फोटो फिचर)

नेपालगन्ज : खाजा खर्चको पैंसा बचाएर नेपालगन्जका बालबालिका र किशोरी क्लबका पदाधिकारी र सदस्यले करिव २ सय विपन्न र असहाय व्यक्तिलाई माघे संक्रान्तिको दिन तिल मिश्रित लड्डु बाँडेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका १८ मा गठन गरिएका वडास्तरीय वडा स्तरीय बाल तथा किशोरी क्लबकी अध्यक्ष नेलिशा गिरीका अनुसार क्लब पदाधिकारी र सदस्यले बागेश्वरी मन्दिर परिसर, सडक किनार र नेपालगन्ज १८ को टोलका विभिन्न व्यक्तिहरुलाई लड्डु वितरण गरेका थिए । नीलसागर वृद्धाश्रमका एक सय २५ जनालाई लड्डु र फलफूल वितरण गरिएको थियो । क्लब अध्यक्ष गिरी, बाल क्लब सचिव मनिष रैदास, सदस्यहरु सोनम रैदास, सिर्जना खड्का र दीपा सुनारले लड्डु र फलफूल वितरण गरेका थिए ।

लड्डु बाँड्दै बालिका र किशोरीहरु । फोटोहरु सौजन्य : नेलिशा गिरी