स्व.श्याम थापा स्मृति फुटबल : आयोजक जयकिसान स्पोर्ट्स क्लब पनि सेमिफाइनलमा

सैनिक (बाँके) : प्रथम स्व. श्याम थापा प्रथम स्मृति फुटबलमा आयोजक जयकिसान स्पोर्ट्स क्लब ‘ए’ सेमिफाइनलमा पुगेको छ ।
खजुरा गाउँपालिका–१ सैनिकको मैटहवा माविको फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा सोमबारको क्वाटरफाइनल खेलमा गुर्भाकोट क्लब सुर्खेतमाथि विजयी भएर सेमिफाइनलमा पुगेको हो ।
जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले सेमिफाइनलको यात्रा तय गराएको हो । ठकुरीले ३० मिनेट र ७४ मिनेटमा गोल गरेका थिए । जयकिसानसँगै, साहरा एफसी लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ मंगलबारदेखि सञ्चालन हुने सेमिफाइनलमा प्रतिष्पर्धा गर्दैैछन् । प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका छन् । नकआउटको आधारमा खेलाइएको खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।