नेपालगन्ज-काठमाडौंंका ३ विमानको बिहीबार पनि ‘डिले शेड्युल’

नेपालगन्ज : बाक्लो हुस्सु र कुहिरोका कारण बुधबार दिनभर उडान नभएकोे नेपालगन्ज विमानस्थलमा बिहीबार बिहानका ३ वटा विमान पनि ‘डिले शेड्युल’मा राखिएको छ ।
बिहान ९ः१५ को श्री एयरलाइन्स, ९ः३५ कोे यति एयर लाइन्स र १०ः२५ को बुद्ध एयरले डिले शेड्युलमा राखेको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । दिउँसो र बेलुकाको उडान तालिकामा भने कुनै हेरफेर गरिएको छैन । बुधबार काठमाडौंका ७ सहित ३० बढी विमानको उडान रद्द गरिएको थियो । नेपालगन्जको तापक्रम भने बुधबार भन्दा वृद्धि भएको छ । बिहीबार नेपालगन्जको न्यूनतम् तापक्रम ११.८ डिग्री सेल्सियस रहेको छ । बुधबार न्यूनतम् तापक्रम ८ डग्री सेल्सियस रहेको छ ।