एलपी ग्याँस विक्रेता संघ बर्दियाको अध्यक्षमा पुनः श्रेष्ठ

मुरली गोडिया । गुलरिया
एलपी ग्याँस विक्रेता संघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको सोमबार सम्पन्न पहिलो महाधिवेशन तथा दोसो साधारण सभाले अध्यक्षमा पुनः श्रेष्ठको नेतृत्वमा १३ सदस्य कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिव राजकुमार श्रेष्ठ, सहसचिवमा कृष्णकला तिवारी र कोषाध्यक्ष टीकाराम कोइराला चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गुलरिया नगरपालिकाका प्रुमख मुक्तिनाथ यादवले गरेका थिए । नगरप्रमुख यादवले उपभोक्ताको हितका लागि व्यापारीबीच एकता र सामुहिक भावनाको आवश्यकतामा जोड दिएका थिए । उनले सेवामूलक यस्ता संघसंस्थासँग स्थानीय सरकारसँग सहकार्य गर्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले जिल्ला भर छरिएर रहेको ग्याँस विक्रेताहरुलाई एकीकृत गरी उनीहरुका समास्या समाधान तथा थप सहजताका लागि संस्था गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लामा उद्योग स्थापना गरि उद्योगीहरुलाई लगानीको वातावरण बनाउन अवश्यक रहेको धारणा राखेका थिए । जिल्लामा उद्योगको सम्भावना भएको उल्लेख गर्दै उनले उद्योग सञ्चालनका लागी लागनीमैत्री वातावरणको निर्माण र उद्योगी, ब्यापारीहरुको सुरक्षाको सुनिश्चतता स्थानीय प्रशासन तथा स्थानीय सरकारको जिम्मेवारी भएको बताएका थिए ।