भन्सार दिवसमा सरसफाइ र रक्तदान कार्यक्रम

मानबहादुर ठकुल्ला । टीकापुर
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कैलालीको टीकापुरमा रक्तदान र सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।
सत्ती भन्सार कार्यालय खक्रौला र नेपाल स्वयंंसेवी रक्तदाता समाज कैलालीले संयुक्त रुपमा टीकापुर-९ खक्रौलामा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको भन्सारका प्रमुख विमलकुमार शाहले जानकारी दिए । संकलित रगत टीकापुरस्थित नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको नेपाल स्वयमसेवी रक्तदाता समाज कैलालीका सचिव भीम विकले बताए। सोही अवसरमा स्थानीय बासिन्दा, व्यापारी, सुरक्षाकर्मी र भन्सार कर्मचारीको उपस्थितिमा भन्सार क्षेत्रमा सरसफाइ गरिएको थियो ।