लेखराज भट्ट ‘दलालको पनि दलाल’ हुन् : प्रचण्ड

मानबहादुर ठकुल्ला । धनगढी
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी लेखराज भट्टलाई ’दलालको पनि दलाल’को संज्ञा दिएका छन् ।
नेकपा दाहाल नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भने दलालको पनि दलाल भन्दै आक्रोश पोखेका थिए । उनले भट्टप्रति आक्रोस व्यक्त गर्दै भने, ’मैले आफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी दलालको पनि दलाल भएर गएको छ ।’ उनले वामदेव गौतम पनि आफ्नै पक्षमा आउने आशा व्यक्त गरे। ‘वामदेवजीले अस्ती मात्रै मलाई फोन गर्नुभएको थियो । हामीसँगै भाषण गरेर हिँड्नुपर्ने होइन भनेर सोध्दा आउँछु भन्नुभएको छ’ उनले भने ‘उहाँ आउनुहोला नहोला । तर, मिलाउँछु भनेर लागि राख्नुभएको छ ।’ ओली समूहमा लागेका पूर्वमाओवादीका नेताहरुप्रति प्रचण्ड निकै आक्रोशित देखिएका थिए ।