विश्वासिलो सहकारीको संसदीय झल्को दिने निर्वाचन (फोटो फिचर)

ठाकुरबाबा नगरपालिकाको चुरे माध्यमिक विद्यालय बगनाहा मतदान केन्द्र

बर्दियाको भुरिगाउँ, बगनाहा र ढोढरीबाट फर्केर
बर्दियाको सबैभन्दा ठूलो सहकारी विश्वासिलो बचत तथा ऋण सहकारीको २५ औं साधारणसभाको निर्वाचनमा झन्डै ५१ प्रतिशत मतदान भएको छ ।
मतदान अधिकृत कलमबहादुर शाहीका अनुसार १२ हजार तीन सय ५४ मतदाता रहेकोमा ६ हजार २६२ मत मात्र खसेको छ । अर्थात ५०.६८ प्रतिशत मत खस्यो । सबैभन्दा बढी मत ठाकुरबाबा नगरपालिकाको चुरे माध्यमिक विद्यालय केन्द्र बगनाहा ८० प्रतिशत र त्यसपछि ठाकुरबाबाकैै त्रिभुवन मावि भुरिगाउँ ७० प्रतिशत मत खसेको छ । सबैभन्दा कम मत पाताभार सेवा केन्द्रका मतदान स्थलमा खसेको छ । शनिबार रातिदेखि नै मत गणना सुरु हुने निर्वाचन अधिकृत शाहीले बताए ।

ठाकुरबाबा नगरपालिकाको त्रिभुवन मावि भुरिगाउँ मतदान केन्द्र

ठाकुरबाबा नगरपालिका ८ मढेला केन्द्रीय कार्यालय रहेको सहकारीले ५ वटा स्थानीय तह (ठाकुरबाबा, मधुवन, बारबर्दिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका) का १२ वटा मतदान स्थलका २६ केन्द्रका एकसाथ शनिबार निर्वाचन भएको थियो । मेरो खुसी टिम ठाकुरबाबाको त्रिभुवन मावि भुरिगाउँ, ठाकुरबाबाकै चुरे माध्यमिक विद्यालय बगनाहा र मधुवन नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय ढोढरी पुग्दा पार्टीका नेता, कार्यकर्ता मत माग्न र मतदाता ओसार्न व्यस्त थिए ।

मधुवन नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय ढोढरी मतदान केन्द्र

सहकारीको नेतृत्वमा नेकपाको दुई खेमा समर्थक दुई प्यानलबीच प्रतिष्पर्धा भएको छ । सहकारीका सदस्यभन्दा दलका नेता कार्यकर्तालाई बढी चुनाव लागेको स्पष्टै देखिन्थ्यो । दलका स्थानीय नेता कार्यकर्ता बस, अटो, कार, ट्याक्टर र मोटरसाइकलबाट मतदाता ओसारिरहेका थिए । मतदान केन्द्र निर्माण र मतदानका गतिविधि संसदीय निर्वाचनको झल्को दिने खालका थिए । निर्वाचन नियालिरहेका शिक्षकहरु भनिरहेका थिए, ‘सहकारीको नेतृत्वका लागि दलले नै प्रतिष्ठाको विषय बनाएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *