कोहलपुरका पोखरेल बने राष्ट्रिय ‘स्लो डान्स च्याम्पियन’

स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेल । फोटो सौजन्य : पारश गौतम

कृतिका आचार्य । नेपालगन्ज
राष्ट्रिय स्तरको स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेलको जितेका छन् ।
जस्ट फिल दि डी डान्स एकाडेमी कोहलपुरले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’मा पोखरेल प्रथम भएका हुन् । उनले ७५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगितामा कैलाली टीकापुरका रोयल दीपेश दोस्रो र विराटनगरका सिद्धार्थ शाही तेस्रो भए । दोस्रो र तेस्रोले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद पाए । सबरिना गुरुङ निर्णायक रहेको प्रतियोगितामा देशभरबाट २७ जना सहभागी भएको आयोजक संस्थाका अध्यक्ष किशोर हमाल ठकुरीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *