योगिनी कप भलिबलको उपाधि एफसी स्टारलाई

योगिनी कप भलिबलको विजेता एफसी स्टारका खेलाडीहरु । फोटो सौजन्य : विक्रम विसी

गौघाट (बाँके) : प्रथम योगिनी कप खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसी स्टारले जितेको छ ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले बाँकेको खजुरा गाउँपालिका–२, गौघाटमा आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा धु्रवतारा बोडिङ स्कुललाई हराउँदै एफसीले उपाधि जितेको हो ।

फाइनलमा एफसीले ध्रुवतारालाई २५–१५, २५–१९ र २५–२३ सेटले हराएको हो । एफसी र ध्रुवताराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसीविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएता पनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट बञ्चित बन्यो । विजेता एफसीले नगद २१ हजारसहित ट्रफी र उपविजेता ध्रुवताराले नगद १० हजार रुपैयाँ जितेका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाश हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
साथै खेलमा बेष्ट ब्लकर एफसीका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसीका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, वेष्ट सर्भर न्यू जागृतिका किरण बुढाथोकी र बेष्ट सेटर एफसीका भरत विक भए । प्रतियोगितामा बाँकेका ११ वटा टिम सहभागी थिए ।