अटोरिक्सा पल्टिँदा टीकापुरमा चालकको मृत्यु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा अटोरिक्सा दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार बिहीबार राति १० बजे टीकापुर–८ सत्ती पुलको फाँटागाउँ नजिक बर्दियाको राजापुर नगरपालिका –४ डलईगाउँँका ४० वर्षका भागीराम चौधरी भे१ह ५८२ नं. को अटोरिक्सा दुर्घटनामा परेका थिए । उनी अटो चालक हुन् । टीकापुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बमले जानकारी दिए । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।