अम्बे स्टिलमा क्रेन पल्टिँदा ५ मजदुर घाइते, १ जना अस्पताल भर्ना

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका–५ गनापुरको अम्बे स्टिलमा क्रेन पल्टेर ५ जना मजदुर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार सरिया लोड गर्ने क्रममा क्रेन पल्टेर बाँकेका २, कपिलवस्तु, बर्दिया र बाराका एक–एक जना घाइते भएका थिए । उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । अस्पतालका प्रशासकीय अधिकृत कुमार अधिकारीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ३५ वर्षका शिवदयाल चौधरी बायाँ खुट्टामा चोट लागेका कारण भर्ना भएका छन् । टाउको, हातखुट्टा र निधारमा चोट लागेका अन्य ४ घाइते भने उपचारपछि घर फर्किसकेको अधिकारीले बताए ।