बलात्कारको विरोधमा किशोरीद्वारा द्वीप प्रज्ज्वलन

खजुराका किशोरकिशोरी द्वीप प्रज्ज्वलन गर्दै । फोटो : चेतना क्षेत्री

चेतना क्षेत्री । खजुरा
बाँकेको खजुराका किशोरीहरुले बलात्कारको विरोधमा द्वीप प्रज्ज्वलन गरेका छन् ।
खजुराको पालिका स्तरीय सशक्ति किशोरी क्लबको आयोजनामा शुक्रबार वडा नं. ४ मा द्वीप प्रज्ज्वलन गरिएको हो । किशोरीले ‘बलात्कार रोकौं’, ‘हामी न्याय चाहन्छौं’ जस्ता नाराहरु लेखेका थिए । पछिल्लो समय बलात्कार वृद्धि भएपछि बाँकेका किशोरीहरुले विभिन्न विरोधका कार्यक्रम आयोजना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *