जेष्ठ नागरिकलाई निःशुल्क वितरण गरिने चस्मा हस्तान्तरण

नेपालगन्ज : रोटरी क्लब अफ धुलिखेल र कम्युनिटी सर्भिस सेन्टर बनेपाले जेष्ठ नागरिकलाई निःशुल्क रुपमा वितरण गर्ने उद्देश्यले भिजन आँखा अस्पताल नेपालगन्जलाई चस्मा सहयोग गरेको छ ।
क्लबका पूर्वअध्यक्ष अशोक श्रेष्ठ तथा सेन्टर अध्यक्ष नकुल गौतमले भिजन आँखा अस्पताल नेपालगन्जका भिजन आँखा अस्पतालका तरुणबाबु गौतमलाई सोमबार ५० थान चश्मा हस्तान्तरण गरेका हुन् । उक्त चस्मा आर्थिक अवस्था कमजोर भएका, अति विपन्न जेष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिनेछ ।