भूमिहीनलाई जग्गा दिन नभइ आयोग कार्यकर्ता भर्तीकेन्द्र हो : पूर्वमन्त्री गौतम

मुरली गोडिया । गुलरिया
पूर्वसिँचाइ मन्त्री सञ्जयकुमार गौतमले सरकारले भूमिहीनलाई जग्गा दिने भन्ने नाटक मात्र भएको बताएका छन् ।
नेपाली कांग्रेस बर्दियाले गुलरियामा आयोजना गरेको विरोध कार्यक्रममा सम्बोधन गर्दै गौतमले भूमिहीनका गठन गरिएको आयोग केवल आफ्ना कार्यकर्ता भर्तिकेन्द्र बनाउन खोजेको जिकिर गरे । उनले भने, ‘१५ दिन पनि नटिक्ने सरकार जग्गा दिन्न यो आयोग जग्गा दिनका लागि बनेको होइन । लगत संकलन गर्न सुकम्बासीहरुलाई फारम भर्न लगाएर अराजकता निम्त्याउन खोजेको हो’, उनले भने । उनले मुक्त कमैया र सुकुम्बासीहरुलाई फारम भर्न आह्वान गरेका छन । अहिले सरकारले जग्गा नदिए भूमिहीनलाई कांग्रेसले दिने आश्वासन दिएका थिए ।