स्कुलदेखि मन्दिरसम्म सरस्वती पूजाको रौनक (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
सरस्वती पूजामा नेपालगन्जका विद्यालयदेखि सरस्वती मन्दिरमा रौनकता देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१३ रामलीला मैदानमा रहेको सरस्वतीको मन्दिरमा मंगलबार बिहानैदेखि पूजा गर्नेको घुइँचो लागेको थियो । मन्दिर बाहिर भने मेला नै लागेको थियो ।

त्यसैगरी नेपालगन्ज १८ कारकाँदोस्थित स्प्रिङ डेल एकेडेमी स्कुलका साथै नगरका धेरै विद्यालयमा विद्यार्थीले पनि सरस्वती पूजा गरेका थिए । आजैका दिन साना बालबालिकालाई अक्षर आरम्भ गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *