युवा व्यवसायी ढकालद्वारा मन्दिरलाई सहयोग

खजुरा : नेपालगन्जका युवा व्यवसायी विमल ढकालले स्वर्गीय बुबा वालकृष्ण ढकालको सम्झनामा सरस्वती मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।
खजुरा गाउँपालिका ३ धौलागिरीमा निर्माणाधीन मन्दिरका लागि व्यवसायी ढकालले प्रगतिशील आमा समूहका अध्यक्ष कृष्णमाया गुरुङ, पूर्णबहादुर पुन, रामबहादुर थापा, छबबहादुर भण्डारीलाई मंगलबार ५५ हजार ७ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । त्यसैगरी खजुरा ३ धौलागिरीका युवा व्यवसायी राजेश बरालले आफू अध्ययन गरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ६० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेका छन् । उनले आगामी शैक्षिक सत्रदेखि पद्मा दामोदर स्मृति छात्रवृत्ति पनि घोषणा गरेका छन् । तीन वर्षमा कम्तीमा ३० जना विद्यार्थी सहभागी हुन पाउने गरी १ लाख बराबरको छात्रवृत्ति घोषणा गरेका हुन् ।