सातौं प्रधानमन्त्री कप महिला भलिबल : उद्घाटन खेलमा नेपाल पुलिस विजयी

नेपालगन्ज :  ७औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

नेपालगन्ज रंगशाला परिसरको कबर्ड हलमा शुक्रबार मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले संयुक्त रुपमा उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा खेलमा पुुलिस क्लबले होगांजी न्यू डायमण्डलाई २५–१९, २५–१९ र १५–८ सेटको अन्तरले हराएको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ रहेको बाँके जिल्ला भलिबल संघले जनाएको छ ।