नेपालगन्जका महिलालाई आत्मसुरक्षा तालिम

नेपालगन्ज : महिला तथा किशोरीहरुका लागि आत्मसुरक्षा सम्बन्धी तालिम नेपालगन्जमा सुरु भएको छ ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका मूल समारोह समितिको आयोजनामा ३ दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट शुरु गरिएको हो । तालिममा बोल्दै बरिष्ठ प्रहरी उपरीक्षक किरण राणाले शारिरीक र मानसिक रुपमा सक्रिय हुनुले महिलाहरुलाई आत्मसुरक्षामा सहयोग पुग्ने बताइन् । नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरिन् । बिहान ७ देखि १० बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म २ सिफ्टमा तालिम सञ्चालन भइरहेको छ ।

फोटो सौजन्य : भीष्म लोध