सत्ती–कर्णाली सामुदायिक वनको अध्यक्षमा पुनः साउँद

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–७ को सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः धनसिह साउद निर्वाचित भएका छन् ।
वन समूहको शनिबार सम्पन्न २७औं चुनावी साधारणसभामा साउँदको अध्यक्षतामा पुनः १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो । उपाध्यक्षमा पहल बस्नेत, सचिवमा जौमति धामी, सह–सचिवमा प्राङ्कुश चौधरी चयन भएका छन । त्यसैगरी सदस्यमा खड्क धामी, शेरसिह रिजाल, कृत ठकुल्ला, मन्जु चौधरी, सेतबहादुर साउद, सन्तोषी साउद, बलबहादुर चौधरी ,गीता चौधरी, ओमलाल सुनार, सीताकुमारी चौधरी सर्वसम्मत चयन भएका छन् । नेपाली काङ्ग्रेस र नेकपाबीच सहमति भएपछि कार्यसमिति सर्वसम्मत् चयन भएको हो । काङ्ग्रेसबाट उपाध्यक्ष ,सचिव , सह–सचिव र ४ जना सदस्य भएको छन भने नेकपाबाट अध्यक्ष ,कोषाध्यक्ष र ६ जना सदस्य चयन भएका हुन ।
यसअघि सामुदायिक वन उपभोक्ता समूहका साधारणसभामा टीकापुर नगरपालिका– ८ का अध्यक्ष तथा प्रवक्ता दीर्घबहादुर ठकुल्लाले उद्घाटन गरेका थिए । प्रर्वगाविस अध्यक्ष फिकरसिह कडायत, जंगलबहादुर साउँँद, सामुदायिक वनका उपाध्यक्ष उदयराम ढुङ्गाना, वनका उपभोक्ता नवराज जैसी, पत्रकार भीम बिक, खडकप्रसाद भण्डारी, वन वातावरण श्रमिक संघका शेरबहादुर साउँद, साबिक धनसिहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँदलगायतले साधारणसभाको सफलताको कामना गरेका थिए । सभामा वनका कोषाध्यक्ष मनिराम ढुङ्गानाले आर्थिक वर्ष २०७६र/७७को ८५ लाख ८९ हजार ४ सय ३४ बराबरको आयब्यय प्रस्तुत गरेका थिए भने ०७७/७८ को १ करोड १८ लाख ६८ हजार ६ सय ८८ बराबरको अनुमानित आयब्यय समेत सार्वजनिक गरेका थिए ।