प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफलाई चौथो पटक उपाधि

नेपालगन्ज : सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । प्रधानमन्त्री कपमा एपीएफको यो चौथो जित हो ।
नेपालगन्ज रंगशाला परिसरको कभर्ड हलमा मंगलबार सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित गरेको थियो । विजेता एपीएफले नगद ५ लाख र उपविजेता नेपाल पुलिसले २ लाख रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै, प्रतियोगितामा तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड क्लबले एक लाख र चौथो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी बनिन् उनलाई २५ हजार र विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले ५–५ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *