खजुरा गाउँपालिकाद्वारा सम्पादक खनाललाई सम्मान

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले मेरो खुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरेको छ । सम्पादक खनाल अन्नपूर्ण पोस्ट् बाँकेका भने उप–सम्पादक हुन् ।
१११औं नारी दिवसको अवसरमा सोमबार खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा समारोहमा बालविवाहविरुद्ध उल्लेखनीय समाचार सम्प्रेषण गरेको भन्दै खनाललाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव र खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले खनाललाई सम्मान गरेका थिए ।

अर्का पत्रकार सोम गुरुङसहित बालविवाह मुक्त वडा घोषणा अभियानमा योगदान दिने प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँकेलगायत डेढ दर्जन सरकारी र गैरसरकारी संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *