पौडी प्रतियोगितामा न्यौपाने र शाह प्रथम

पौडी प्रतियोगिताका विजेताहरु । फोटो : मेरो खुसी

नेपालगन्ज : मध्यपश्चिम खेलकुद विकास समितिले आयोजना गरेको पौडी प्रतियोगितामा सुमन न्यौपाने र चाहाना शाह प्रथम भएका छन् ।
नेपालगन्ज पौडी पोखरीको उद्घाटन कार्यक्रमको अवसरमा बुधबार दिउँसो आयोजना गरेको पुरुष ५० मिटर फ्रि–स्टाइलमा नेपालगन्जको आर्दश स्कुलका न्यौपाने प्रथम भएका हुन् । प्रतियोगितामा आदर्श स्कुलकै खेमराज थापा दोस्रो र स्प्रिङ डेल एकेडेमीका रेजन विष्ट तेस्रो भएका थिए । त्यसैगरी ५० मिटर फ्रि–स्टाइल पौडी प्रतियोगितामा नेपालगन्जकी नेपालगन्जकी चाहाना शाह प्रथम भएकी हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेकी छन् । स्प्रिङ डेल एकेडेमीकी सुप्रिया रावल दोस्रो र एबीसी स्कुलकी सेट्रिना डाँगी तेस्रो भएकी थिइन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रथमलाई जनही दुई हजार, दोस्रोलाई एक हजार र तेस्रो हुनेलाई जनही पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । पौडी प्रशिक्षक चन्द्रबहादुर चौधरीका अनुसार प्रतियोगितामा पुरुष र महिला गरी ४० जनाले भाग लिएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *