खजुरामा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा आज देखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जनकल्याण मावि बद्रीपुरमा भइरहेको प्रतियोगिता अन्तगर्त माध्यमिक तह र आधारभूत तह गरी दुई ओटा रनिङ शिल्डका साथै आधारभूत तहका लागि सहायक खेल रहने गरी ३१ वटा खेलको प्रतियोगिता सुरु भएको हो ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको छनौट खेलको रुपमा लिइएको प्रतियोगिता अन्तगर्त खजुरा गाउँपालिकाका १७ मदरसा गरी ६५ विद्यालयका झन्डै १ हजार विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता लुम्बिनी प्रदेशका साँसद बाबुराम गौतमले एक समारोहका बिच उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा २०७५ साल देखि प्रतियोगिता सुरु भएको बताए ।

चैत्र १ गतेसम्म संचालन हुने प्रतियोगितामा माविका प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउने विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार, आधारभूत तहका विजेतालाई १५ हजार, १० हजार र ७ हजार र आधारभूत तहका प्रथम, दोस्रो र तेस्रोलाई १० हजार ७ हजार ५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने जनाइएको छ । यसअघि पहिलो रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ फाल्गुण ३–६ जनसेवा मावि पुरैना र दोस्रो संस्करण २०७६ पौष २७ देखि ३ माघसम्म अमर माविको व्यवस्थापनमा सञ्चालन भएको थियो ।