मोटरसाइकल ठोक्किँदा राजापुरमा १ जनाको मृत्यु

शक्ति परियार । राजापुर
बर्दियाको राजापुरमा दुई मोटर साइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका वडा नं ३ शान्तिबजार निवासी २६ वर्षीय तपेश सोडारीले चलाएको से ७ प ५६९३ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको भे १ प २४०८ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा सोडारीको मृत्यु भएको हो । घाइते सोडारीको उपचारका लागि गुलरिया लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । मृतक सोडारी सामान खरिदका लागि रामजानकी चोकमा आउँदै गर्दा धुवन नगरपालिका ६ दुई नम्बर निवासी रोशन पुन, गगन अधिकारी र मदन गुरुङ तीन जना सवार मोटर साइकल एक आपसमा ठोकिएको हो । मोटरसाइकलमा सवार तीनै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दिैयाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *