दोस्रो जुमा कप फुटबलको उपाधि प्याब्सनलाई

दोस्रो जुमा कप फुटबलको उपाधि विजेता प्याब्सन टिम । फोटो सौजन्य : भीम रानाभाट

नेपालगन्ज : दोस्रो जुमा कप फुटबलको उपाधि प्याब्सनले जितेको छ ।
नेपालगन्ज रंगशालामा सोमबार बिहान सम्पन्न फाइनल खेलमा प्याब्सनले बजार प्रतिनिधिको टोलीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । खेलमा प्याब्सनका आशिष गुरुङले २३ मिनेटमा गरेको गोल नै प्याब्सनलाई विजयी बनाउन निर्णायक भएको थियो ।

दोस्रो जुमा कप फुटबलको उपाधि उप–विजेता बजार प्रतिनिधि टिम

उपाधिसँगै प्याब्सनले एक लाख एक हजार पाँच हजार रुपैयाँ र उप–विजेता बजार प्रतिनिधिले ५१ हजार पाँच सय नगद पुरस्कार पाएको छ । त्यसैगरी प्रतियोगितामा अनुशासित टिम कानुन व्यवसायी, सर्वोत्कृष्ट खेलाडी बजार प्रतिनिधिका विभुषण केसी, सर्वाधिक गोलकर्ता बैंकर्सका जीवराम बम, उत्कृष्ट गोलकिपर बैंकर्सका दिनेश चटौतलाई जनही पाँच हजार पाँच सय रुपैयाँ प्रदान गरिएको क्लबका अध्यक्ष भीम रानाभाटले जानकारी दिए ।

दोस्रो जुमा कप फुटबलको अनुशासित कानुन व्यवसायी टिम

पुरस्कार तथा ट्रफी, मेडल तथा प्रमाणपत्र एन्फा उपाध्यक्ष कृष्ण थापा र मूल आयोजक समितिका संयोजक सुरेन्द्र हमाल, सह–संयोजक कृष्णप्रसाद श्रेष्ठ, सह–प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले वितरण गरेका थिए । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।