आन्तरिक राजश्व कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व असुली

नेपालगन्ज : आन्तरिक राजश्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ ।
कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४३ लाख अर्थात करिव ११३ प्रतिशत राजश्व असुली गरेको हो । यो गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले बढी भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको दोस्रो चौमासिकसम्म २ अर्ब ८७ करोड ५२ लाख लक्ष्य रहेकोमा २ अर्ब ४४ करोड ८७ लाख अर्थात ८५.१७ प्रतिशत मात्र असुली भएको थियो । कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य ४ अर्ब ४६ करोड ९० लाख रहेकोमा यस वर्षको लक्ष्य पूरा हुने सम्भावना रहेको कार्यालयका प्रमुख शरदचन्द्र पौडेलले बताए ।