अकोराबको अध्यक्ष गिरीसहित ३ जनालाई स्वागत तथा सम्मान

नेपालगन्ज : सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीसहित ३ जनालाई मंगलबार नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ ।
प्रेस युनियन बाँके, शाखाले आयोजना गरिएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष समीरजंग शाह र बाँके शाखा अध्यक्ष अर्जुन ओलीले अकोराब अध्यक्ष गिरी, लुम्बिनी प्रदेश अध्यक्ष राजु खरेल र सदस्य हेमन्त विकलाई मायाको चिनो दिएर स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा युनियनका केन्द्रीय अध्यक्ष सिग्देलले नेपाल पत्रकार महासंघलाई पनि साझा चरित्रको संगठन बनाउन पहल गरिरहेको बताएका थिए ।