सुरक्षा निकायलाई खोज तथा उद्दार सामग्री सहयोग

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ शसस्त्र प्रहरीलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गर्दै । फोटोहरु सौजन्य : रुपन ज्ञवाली

नेपालगन्ज : जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री सहयोग गरेको छ ।
जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विपद्मा खटिने सुरक्षा निकायलाई आवश्यक पर्ने १८ लाख ५० हजार रुपैयाँ बराबरको खोज तथा उद्दार सामग्री सोमबार हस्तान्तरण गरिएकोे हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शसस्त्र प्रहरी बल ३० नं. गणलाई ३७ प्रकारको, नेपाली सेनाको भैरवप्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेका हुन् । सुरक्षा निकायमा रहेका सामग्री र विपद्का बेला आवश्यक पर्ने थप सामग्री पहिचान गरी अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो । वितरण गरिएका सामग्रीमा रबर बोट, थ्रो व्याग, लङ्ग व्याग बोड, फुट पम्प, लाइट प्रोटेवल पम्प, फायर व्लाङ्गकेट, आलमोनियम भर्याङ्गफायर रेस्क्यु सुट सेट, स्टेचर, फस्टेड बक्स, रेस्क्यु पन्जा, फायर सिलिन्डर, फायर बल, रेस्कु व्याग, रेन सुट सिग्गल, गमवुट, हेल्मेट, क्याविड डोरी, सर्च लाइट हेव्वी बेल्चालगायतका रहेका छन् । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिको दमकल सेवालाई एक एक थान एलमुलियम फायर सुट उपलव्ध गराइएको थियो । विपद् उद्दारका बेला मानवीय तथा भौतिक क्षति न्यूनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पूरा गर्न सामाग्री वितरण गरिएको प्रजिअ कुरुम्वाङले बताए ।