बालविवाह न्यूनिकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धी तालिम सुरु

हरि अधिकारी । खजुरा

बाल विवाह न्यूनिकरणको लागि सकारात्मक पुरुषत्वको भूमिका विषयक तालिम बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेद्वारा सञ्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत सञ्चालन गरिएको २ दिने तालिमको खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले सोमबार शुभारम्भ गरेकी हुन् । उपाध्यक्ष विकले बालविवाह रोकथाम गर्न सबैभन्दा पहिले सकारात्मक सोचको खाँचो रहेको बताइन् । तालिममा जनप्रतिनिधि र युवाको सहभागिता रहेको छ ।